रामनाथ अधिकारीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १३, २०८०

धादिङ । धादिङका संघीय सांसद एवम् नेपाली कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, जिल्ला सह सचिव नवराज तिमल्सिना, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

भेटमा उनीहरुले जलाशययुक्त बुढिगण्डकी जलविद्धुत आयोजनको निर्माणकार्य तत्काल सुरुवात गर्न, पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर वापत संकलित रकम तत्कालै बुढिगण्डकी आयोजना प्रा. लि. को नाउँमा जम्मागरी आयोजनाको शिलन्यास गर्न, आयोजना प्रभावित नागरिकको बाँकि रहेको मुआब्जा तुरुन्तै वितरण गर्न आग्रह गरेका छन् ।

भेटका क्रममा उनीहरुले प्रधानमन्त्रीलाई गत कार्तिक ५ गते गएको भुकम्पको कारण भएको भौतिक क्षतिको विवरण यकिन गरी क्षतिपुर्तिको व्यबस्था गर्न समेत आग्रह गरेका छन् ।