विश्वकप छनोटमा नेपालद्वारा सिंगापुर पराजित

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६।३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालले अब मंगलबार दिउँसो १ः३० मा मलेसियासँग टियुमा खेल्नेछ भे बिहीबार नेपालले बिहान टियुमा नै ओमानसँग खेल्नेछ ।

समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् । विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।