
धादिङ । लगनशिल युवा क्लव ज्वालामुखीले कार्तिक ९ गते देखि संचालन गरेको दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधी मैदीको सनराईज युवा क्लवले जितेको छ । सालबास यूनाईटे विरुद्ध १ गोल गर्दै विजेता बनेको सनलाईले उपाधी चुमे सँगै नगद १ लाख ५० हजार हात पर्यो भने उप विजेतामा रोकिएको सालबास यूनाईटेले ७० हजार पाएको छ ।
विजेता सजराईजको टिम
विरेन पुलामी मगर, अनुस्कर तुम्सिङ, लिलामान तामाङ, मिडे सेर्पा, अनुज थिङ, अनिश बजगाई, सरोज डियाली, रोसन तामाङ, विकास श्रेष्ठ, अर्जुन गुरुङ, सुरज अर्याल, हर्कबहादुर पुलामी, अफिसियहरु कुरसिंङ ताम्सिङ मगर, रोशन अर्याल, सन्तोष थापा
आयोजकले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान ४/४ हजार नगद पुरस्कार प्रदान गरिएको छ । १७ टिम सहभागि यस प्रतियोगितामा अधिकांश क्लवहरुबाट ए डिभिजनका खलाडीहरुले खेलेका थिए ।
प्रतियोगिताको समापन तथा पुस्कार वितरण गर्न पुगेका प्रमुख अतिथि एन्फाका केद्रिय उपाध्यक्ष दिपक खतिवडाले धादिङको फुटबल विकासका लागि एन्फा निरन्तर सहयोगमा रहने बताएका थिए । धादिङको फुटबल विकास निरन्तर गतिमा छ, यो गतिका लागि स्थानीय सरकारहरुले लगानी बढाउन आवश्यक रहेको भन्दै उपाध्यक्ष खतिवडाले धादिङको फुटबल विकासका लागि एन्फा केन्द्र निरन्तर साथमा रहने प्रतिवद्धता समेत जनाएका थिए ।






























