सल्यानटारमा कार्तिक १७ देखि कृषि प्रर्दशनी तथा व्यापार मेला हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ९, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले यहि कार्तिक १७ देखि २७ गते सम्म कृषि प्रर्दशनी तथा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

आयोजकले जनाए अनुसार मेलाको आकर्षण निम्न छन्

  • स्थानीय उत्पादनलाई प्रोत्साहन
  • कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन,
    थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी
  • कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन
  • कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन -स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड
  • हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट बेजोड प्रस्तुति – स्थानीय धार्मिक स्थलहरुको अवलोकन