सल्यानटारमा जारी टी-२० क्रिकेटको आज फाईनल

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २९ गते देखि जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको फाईनल खेल आज बिहान ९ः३० बजेबाट सुरुहुने जनाईएको छ ।

सल्यानटार क्रिकेट क्लवले आयोजना गरेको यस प्रतियोगितामा ९ टिम सहभागी थिए । जसमध्य फाईनलमा हन्टर सल्यानटार क्रिकेट टिम र आरुघाट क्रिकेट टिम पुगेका हुन् । यस प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५ र द्वितिय पुरस्कार ३३ हजार ३३३ रुपैंया रहेको छ ।

फाईनल पुग्न पहिलो सेमिफाईलन खेलमा अरुघाटले तल्लो बेसीलाई पराजित गरेको थियो । यस खेलमा आरुघाटका टिम क्याप्टेन जाफे आलमको १०० रन सहित २७७ रनको लक्ष्य तल्लो बेसीले पाएको थियो । २७७ को लक्ष्य पक्ष्याएको तल्लो बेसी ५६ रनमा रोकिएको थियो । दोस्रो सेमिफाईनलमा हन्टर सल्यानटारले सल्यानटार यूनाइटेडलाई हराएको थियो । यस खेलमा सल्यानटार यूनाइटेडले दिएको ११४ रनको लक्ष्य हन्टर सल्यानटारले पुरा गर्दै फाईनल यात्रा तय गरेको थियो ।