बंगलादेशमा धादिङका खेलाडीले जिते २ स्वर्ण सहित ९ पदक

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०८०

धादिङ । कात्तिक २ देखि ४ गते सम्म बंगलादेशमा संचालन भएको प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा धादिङका तेक्वान्दो खेदाडीहरुले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेका छन् । धादिङबाट १० खेलाडीहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए ।

धादिङ तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरी सहित उक्त प्रतियोगिता भाग लिन पुगेका धादिङका खेलाडीहरुमा रिदम श्रेष्ठ र कैलाश श्रेष्ठले स्वर्ण, आकाश श्रेष्ठ, अध्यक्ष प्रदिप गिरी, रिजन श्रेष्ठ र सुगम श्रेष्ठले रजत, धनबहादुर गुरुङ, दिव्यासु कंडेल र स्मृति श्रेष्ठले कास्य पदक जितेका हुन् ।

यस प्रतियोगितामा धादिङको १० सहित नेपालबाट १५० जना खेलाडी सहभागि थिएइ भने विश्वका विभिन्न १२ देशका खेलाडीहरुले भाग लिएका थिए ।