आदमटारमा अरुणोदयको फोहोर ब्यवस्थापन अभियान

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ३, २०८०

धादिङ । हाम्रो गाउँ फोहोर मुक्त बनाऔं भन्ने मुख्य नाराको साथ अरुणोदय युवा क्लव आदमटार द्वारा आयोजित २ दिने फोहोर ब्यवस्थापन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिका वडा न ७ का वडा अध्यक्ष सानो गिरीको प्रमुख अतिथ्यतामा आदमटारमा नकुहिने फोहोर ब्यवस्थापन तथा सरसफाई कार्यक्रम गरिएको हो ।

सामुदायिक भवनबाट सुरु गरिएको सरसफाई अभियान ठाडो बाटो हुँदै पुलको मुख र तल्लो तेस्रो बाटो हुदै आदमटारको पल्लो टोल सम्म सडक र बाटोको दायाँ बायाँ छरिएको पलास्टिक जन्य फोहोर संकलन गरि ट्याक्टर मार्फत हाल नवनिर्मित डम्पिङ साईडमा फोहोर विसर्जन गरिएको क्लवले जनाएको छ ।

पैदल यात्रुहरुलाई मध्यनजर गरि टोल टोल डस्बिन राखिएको छ, सरसफाई अङ्कित नाराहरु जस्तै: हाम्रो क्लबको आवाज फोहोर मुक्त समाज, सबैकोलागी सधैको लागी सरसफाई, फोहोर नफालौ सफा वतावरण आफैं हुन्छ, जस्ता नारा लेखिएको बोर्ड राख्नेकाम समेत भएको क्लवका अध्यक्ष प्रदिप गिरीले बताए ।