बेनीघाट रोराङले कार्तिक १७ देखि बृहत खेलकुद उत्सव गर्ने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले दशैं र तिहारको बीच पारेर राष्ट्रपति रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता तथा शैक्षिक सम्मान समारोह गर्ने भएको छ ।

आज सम्पन्न बेनीघाट रोराङ गाउँपालिकाको शिक्षा समितिको बैठकले आगामी कार्तिक १७ गते देखि २३ गते सम्म पालिका भित्रका माध्यमिक विद्यालयहरु स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर शहिद स्मृति खेलकूद, मदन भण्डारी स्मृति कप फुटबल र अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यस प्रतियोगिता तयारीका लागि नजिक रहेका विद्यालयहरुलाई एकमुष्ट ३० हजार र राजमार्ग देखि टाढा रहेका विद्यालयहरुलाई एकमुष्ट ४० हजार दिने निर्णय समेत गरेको छ । यस पालिकामा २ निजी सहित १२ वटा माध्यामिक विद्यालय रहेका छन् । सबै तोकिएको विधामा सकेसम्म भाग लिन विद्यालयहरुलाई निर्देशन गरिएको पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले धादिङपोष्टलाई बताए । फाईल तस्वीर