धादिङ । रामेछापमा जारी प्रथम ने. वि. संघ बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा ललितपुरलाई सिधा सेटमा पराजित गर्दै धादिङ भलिबल टिम फाईनल प्रवेस गरेको छ । अब हुने अर्को सेमिफाईनल खेल नुवाकोट र रामेछापको बीचको विजेता सँग धादिङले आजै फाईनल खेल्ने छ ।
फार्यनल यात्राका लागि धादिङले चिरपरिचित भलिबलका राम्रा टिम मानिएका चितवन, सिन्धुपाल्चोक र ललितपुरलाई पराजित गरेको हो । धादिङ जिल्लाबाट राष्टिय टिमका खेलाडीद्वय नेपाल आर्मीका शरण सामरी र नेपाल पुलिसका रविन नगरकोटी समेत सहभागी छन् । उनीहरु दुबै जना धादिङ जिल्लाबासी हुन् ।
जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङका अनुसार धादिङ टिमको क्याप्टन मनोज श्रेष्ठ रहेका छन् भने धादिङ टिममा अमल आलेमगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ् तामाङ, प्रदिप मगर, मोहन तामाङ रहने छन् ।
बागमती प्रदेशका जिल्लाहरु सहभागी हुने यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २ लाख, द्वितिय १ लाख ५० हजार, तृतिय १ लाख र सान्तोना ५० हजार रहेको छ ।