धादिङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी कार्यकालका ०२३–२५ लागि धादिङको प्रतिनीधित्व गर्दै ९ जनाले उम्मेदवारी दिएका छन् ।
एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदैछ । धादिङबाट विभिन्न मुलुकमा बस्दैआएका धादिङगेहरु मध्य लण्डनबाट रामशरण सिंखडाले उपाध्यक्ष पदमा, समाजिक अभियान्ताको छवि बनाएका निवर्तमान कोषाध्यक्ष हुँदै गरेका बुढाथुमका लोक दाहाल, बेनीघाट रोराङका मनोज गोर्खाली, प्रकाश सापकोटाले सचिव पदमा, खाल्टेका ठाकुर प्रसाद ढुङ्गानले कोषाध्यक्ष पदमा, धुँवाकोटका कृष्ण तिमल्सिनाले सह कोषाध्यक्षमा, नीलकण्ठका रविन अधिकारीले युवा संयोजकमा, मलेखुकी प्रसुन्नाले युरोप क्षेत्रिय महिला संयोजक र मैदी निवासी भवानी तिवारीले युरोप महिला उप संयोजक पद उम्मेदवारी दिएका हुन् ।
रामशरण सिंखडा
उपाध्यक्ष पदको उम्मेद्वार ०२३–२५
धादिङ गंगाजमुना गाउँपालिका निवासी रामशरण सिमखडाले उपाध्यक्ष पदको उम्मेद्वार दिएका छन् । “म र मेरो” भन्ने संकुचित विचारबाट अलग रहेर “हामी र हाम्रो” भनेर गर्व गर्न सक्ने र सबै अटाउने साझा गैर आवासीय नेपाली संघ बनाउने प्रयास हामी सबैको जिम्मेवारी हो, हामी निरन्तर “एक पटकको नेपाली सधैको नेपाली “ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेका छौ । “समृद्दी र रूपान्तरण- हाम्रो साझा अभियान” भन्ने मुलध्येयका साथक बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
लोक प्रसाद दाहाल
सचिव पदको उम्मेद्वार ०२३–२५
धादिङ बुढाथुम निवासी लोक दाहाल बेल्जियममा रहँदै आएका छन् । विश्वरभर सामाज सेवीका रुपमा चिनिने उनी एनआरएनएको वर्तमान कमिटीका कोषाध्यक्ष हुन् । दाहालले आगामी कार्यकाल ०२३–२५ का लागि सचिव पदमा उम्मेदवारी दिएका छन् ।
मनोज कुमार श्रेष्ठ (गोर्खाली)
सचिव पदको उम्मेद्वार ०२३-२५
धादिङ बेनीघाट रोराङ गाउँपालिकाका गोर्खालीले यो पटक गैर आवासीय नेपाली संघ ९एनआरएनए० आईसीसीको २०२३–२०२५ कार्यकालका लागि सचिव पदमा उम्मेद्वारी दिएका छन् । मध्य पूर्वको कुशल नेतृत्व गर्न सफल उनी यस अघि २००९ मा एनसीसी युएईका पंजिकृत सदस्य, २०११-२०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद युएईको उपाध्यक्ष,२०१७-२०१९ कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय सदस्य,२०१९-२०२१ र २०२१-२०२३ को कार्यकालमा मध्यपुर्ब क्षेत्रीय उप-संयोजक बनेका थिए ।
प्रकाश सापकोटा
सचिव पदको उम्मेद्वार ०२३-२५
अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका नेत्रावती डब्जोङ ५ का प्रकाश सापकोटाले सचिव पदमा उम्मेदवारी दिएका छन् । नेपालमा रहँदा उनी पर्यटन व्यवसायमा सक्रिय थिए । सन् २०११ देखि एनआरएनए अभियानमा निरन्तर लागेका सापकोटा २०१५ मा एनसीसी अमेरिकाको सह कोषाध्यक्ष निर्वाचित भएका सापकोटा सन् २०१७ मा पहिलो पटक आइसीसी सदस्य निर्वाचित बनेका थिए भने २०१९ मा आइसीसीको मानार्थ सदस्य भएका थिए।
ठाकुर प्रसाद ढुङ्गाना
कोषाध्यक्ष पदको उम्मेद्वार ०२३-२५
यूएईमा बस्दै आएका नीलकन्ठ खाल्टे धादिङका ठाकुरप्रसाद ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एनआरएनए एनसीसी युएईका अध्यक्ष रहेका ढुंगानाले एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरि आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । ढुंगानाको पर्यटन तथा ट्राभल्स क्षेत्रमा यूएई, नेपाल लगायत अन्य देशहरुमा समेत लगानी रहेको छ ।
कृष्ण तिमल्सिना
सहकोषाध्यक्ष पदको उम्मेद्वार ०२३-२५
धादिङ धुवाकोट जन्म घर भै लण्डनमा बस्दै आएका कृष्ण तिमल्सिनाले सहकोषाध्यक्ष पद उम्मेदवारी दिएका छन् । करिव डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सिना नेप्लिज सेफ एसोसिएसन यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्व सदस्य हुन् भने अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् ।
सेफ पृष्ठभूमिबाट करियर सुरू गरेका उनी एक दशकदेखि क्रिस फुडका प्रबन्ध निर्देशक रहेका छन् । तिमिल्सिनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगको हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी रहेको छ ।
रविन अधिकारी
युवा संयोजक पदको उम्मेद्वार ०२३-२५
धादिङ नीलकण्ठ घरभई पोर्चुगल बस्दै आएका रविन अधिकारीले युवा संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य २०११-१३०, पोर्चुगलको युवा संयोजक २०१७-१९, आइसिसी सदस्य २०१९-२१ हुँदै केही महिना अघिसम्म गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष २०२१-२३ को रूपमा काम गरिसकेका छन् ।
प्रसुन्न कंडेल
युरोप क्षेत्रिय महिला संयोजक पदको उम्मेद्वार ०२३-२५
धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले आशन्न एनआरएनएको निर्वाचनमा युरोप क्षेत्रिय महिला संयोजक पदमा उम्मदवारी दिएकी छिन् । उनले उम्मेदवारी दिए सँगै संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप र अनुभव खर्चने, नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने, नेपाली महिलाको अवस्था र सशक्तीकरणका कामहरुमा निरन्तरता दिने, युवाका आवाजहरु बुलन्द पार्ने, कला तथा संस्कृतीको जगेर्ना तथा प्रबर्द्धन र समुदायको चौतर्फी विकासका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएकी छिन् ।
भवानी तिवारी
युरोप महिला उप संयोजक पदको उम्मेद्वार ०२३-२५
धादिङ ज्वालामुखी गाउँपालिका मैदी बाल्यकाल पुरा गर्दै अष्ट्रिया बस्दै आउनु भएकी भवानी तिवारीले युरोप महिला उप संयोजक पदको उम्मेद्वारी दिएकी हुन् । एनआरएनए अष्ट्रिया ०२१–२३ को निर्वाचिनमा उनले १९० मत ल्याउँदै विजयी भएकी थिईन् । सन् २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि निरन्तर अष्ट्रियाको भियनामा छिन । नेपाली समाजमा भिज्न रुचाउने उनि एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक, संघको महासचिव हुँदै अहिले युरोप महिला उप संयोजक पदको उम्मेद्वारी दिएकी हुन् ।