आजबाट सल्यानटारमा क्रिकेट प्रतियोगिता हुँदै ९ टिम सहभागी

Avatar photo
Dhadingpost
सोमवार, अशोज २९, २०८०

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २९ गते देखि हुने खुल्ला टी-२० क्रिकेट प्रतियोगितामा ९ टिम सहभागी हुने भएका छन् ।

सल्यानटार क्रिकेट क्रिकेट क्लव त्रिपुरासुन्दरीले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा ९ टिमले सहभागिता जनाउने भएपछि तीन समुह बनाएर खेलाईने खेल तालिकामा उल्लेख छ ।

जस अन्तरगत ग्रुप A मा सल्यानटार सीसी, नागेश्वरी सीटी र सल्यानटार यूनार्यटेड, ग्रुप B मा साङ्कोष सीटी, खनीयाबास सीटी र आरुघाट सीटी, ग्रुप C मा हुन्टेर सल्यानटार सीटी, आगिञ्चोक सीटी, ताल्लोबेसी सीटी रहेका छन् ।

यस प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५ र द्वितिय पुरस्कार ३३ हजार ३३३ रुपैंया रहेको छ । प्रतियोगिता सल्यानटार एक्लेबर खेल मैदानमा हुने बताईएको छ ।

खेल तालिका