बंगलादेशमा खेल्न जान स्मृतिलाई गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठद्वारा विदाई

Avatar photo
उपेन्द्र जम्कट्टेल
आइतवार, अशोज २८, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले तेक्वान्दो खेलाडी स्मृति श्रेष्ठलाई शुभकामना दिँदै बंगलादेशमा हुने प्रतियोगिताका लागि विधाई गरेका छन् ।

धादिङको गजुरी गाउँपालिका निवासी रामचन्द्र श्रेष्ठको छोरी स्मृति 1st Bangabandhu open international Taekwondo Championship 2023 मा भाग लिन बङ्गलादेश जान लागेकी हुन् । उक्त प्रतियोगिता October 19-20 मा हुनेछ । उनले यस प्रतियोगिता मा पुम्से बिधा म प्रतिस्पर्धा गर्ने छिन् ।

तेक्वान्दो प्रशिक्षक एवम् खेलाडी धनबहादुर गुरुङका अनुसार यस अघि स्मृतिले भारतको जलपाईगुडीमा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गेरोगि बिधा तर्फ (fight ) प्रथम स्थान हात पारेकी थिईन् ।