धादिङ । धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले आशन्न एनआरएनएको निर्वाचनमा युरोप क्षेत्रिय महिला संयोजक पदमा उम्मदवारी दिनु भएको छ ।
उम्मेदवारी घोषणा सँगै उहाँले संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप र अनुभव खर्चने, नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने, नेपाली महिलाको अवस्था र सशक्तीकरणका कामहरुमा निरन्तरता दिने, युवाका आवाजहरु बुलन्द पार्ने, कला तथा संस्कृतीको जगेर्ना तथा प्रबर्द्धन र समुदायको चौतर्फी विकासका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएकी छिन् ।
गैर आवासीय नेपाली संघको आसन्न ११ औ महाधिवेशन यहि १७-२० अक्टोबर २०२३ काठमाडौमा हुँदैछ ।