स्थानीय आफैले गरे आरुखर्क, घोर्मु, दुईघरे सरसफाई

Avatar photo
Dhadingpost
आइतवार, अशोज २८, २०८०

धादिङ । मेलमिलाप युवा समाज धादिङ र घोर्मु दुईघरे नमूना टोल बिकास संस्थाको संयुक्त आयोजनामा विजयी दशमी तथा शुभ दिपावली(२०८० को पावन अवसरमा आयोजित ूसरसफाई तथा जनचेतनामूलक कार्यक्रमू मेलमिलाप युवा समाज धादिङको अध्यक्ष श्याम लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रम अन्तर्गत आरुखर्क गाउँ, माथिल्लो घोर्मु गाउँ, दुईघरे गाउँ र तल्लो घोर्मु गाउँमा रहेको विभिन्न सडक, गोरेटो बाटो, मन्दिर, चर्च, चौतारो, सामुदायिक भवन र बालबिकास लगायतका सार्वजनिक स्थलमा सरसफाई गरेको छ ।

सो अवसरमा महान चाडपर्वलाई लक्षित गर्दै लागुऔष, झैझगडा फजुल खर्च जस्ता हुन सक्ने विकृति सम्बन्धि जनचेतनामूलक कार्यक्रममा प्रत्येक घरको एक जना व्यक्ति, राजनैतिक तथा सामाजिक व्यक्तित्व र दुवै संस्थाको सल्लाहकार, पदाधिकारी र सदस्यहरु गरि २०० जनाको उपस्थितमा सम्पन्न गरिएको थियोे ।