नविन राप्रपा अभियानले नयाँ उचाई लिन्छ -ठाकुर शर्मा

Avatar photo
Dhadingpost
शनिबार, अशोज २७, २०८०

धादिङ । धादिङबेसीमा शनिबार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभकामना आदान प्रधान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य ठाकुर प्रसाद शर्माले नविन राप्रपा अभियान धादिङका गाउँ गाउँ पुग्ने र यो अभियानबाट राप्रपा नयाँ उचाईमा पुग्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले ठुला दल भनिएकाहरु एउटै हुन् उनीहरु मिले सम्म एउटै चुनाव चिन्ह लिएर पनि चुनाव लड्छन् र राप्रपाको बदनाम उनीहरुको राजनीतिक एजेण्डा रहन्छ । तसर्थ हामी नविन राप्रपा अभियान लिएर जनताको जान्छौं । अब हामी पुरानो राप्रपा होईनौं जनतालाई यहि बुझाउँछौ । निराश जनता जगाउँछौं र नविन राप्रपा अभियानले फेरि देश राप्रपा मय बनाउने उनले बताएका थिए ।

यस्तै कार्यक्रमका विशेष अतिथि पूर्व मन्त्री एवम् केन्द्रिय सदस्य परशुराम तामाङले राप्रपा प्रति जनताको भरोषा निरन्तर छ, तर भ्रम छरिएको छ त्यो भ्रम दशैं लग्गतै सुरुहुने नविन राप्रपा अभियानले चिर्ने बताएका थिए ।

जिल्ला अध्यक्ष ध्रुव खनालको सभापतित्वमा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय सदस्यहरु डम्बर तामाङ, सरस्वती लामा, शान्तिमायाँ गुरुङ, विना लामा लगायतको आतिथ्यता रहेको थियो ।