खरको छानामुक्त कार्यक्रम अनुसार धादिङमा १ करोड ४९ लाख खर्च

Avatar photo
Dhadingpost
शनिबार, अशोज २७, २०८०

धादिङ । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षबाट सुरु गरेको खरको छाना उन्मुलन कार्यक्रम अन्तरगत धादिङमा १ करोड ४९ लाख खर्च भएको पाईएको छ ।

धादिङमा गत वर्ष छनौट भएका ५५ लाभग्राही मध्ये १४ जनाले खरको छानामुक्त आवास निर्माणका लागि सम्झौता गरेका थिए । सम्झौता गरेकामध्ये हालसम्म कुनैपनि आवासहरु पुरा भएको छैन ।

धादिङका लाभग्राहीका लागि हालसम्म १ करोड ४९ लाख रुपैयाँ खर्च भइसेकको छ । कार्यविधि अनुसार कुल ४ लाख रुपैयाँको दरले १४ घर निर्माणका तेस्रो चरणसम्ममा सो रकम खर्च भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।