महासंघको मापदण्ड अनुसार सदस्यता प्राप्तीका लागि प्रदेशबाट धादिङका क-कस्को नाम सिफारिस (सूची सहित)

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २६, २०८०

धादिङ । पत्रकार महासंघ केन्द्रिय कार्यालयले शद्धिकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेशबाट प्रस्तावित सदस्यहरुको नाम सार्वजनिक गर्दा धादिङबाट नविकरण तर्फ ५४, नयाँ सदस्यता तर्फ २८ जना र मानार्थ सदस्यताका लागि ९ जनाको नाम परेको छ ।

धादिङ जिल्ला शाखाले १५० जना सदस्य मध्य ४९ जनाको मात्रै नविकरण गर्न प्रदेशमा सिफारिस गरेपनि ५ जनाको नाम प्रदेशले थप गरी धादिङ ५४ जना नविकरणको सूचीमा राखेको हो ।

पत्रकार महासंघ सदस्यता शुद्धिकरण मापदण्ड बुँदा नम्बर ७, ८,९ र १०
७. विधानको दफा ५(६) मा सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई स–सम्मान बिदाई गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने । उक्त निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेर केन्द्रीय समितिमा पठाउने ।

८. विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघसंस्थाका हकमा भने यो व्यवस्था लागू हुने छैन ।

९. मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरुपमा लागू गर्ने ।

१०.जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।

यी मापदण्ड अनुसार सदस्यता प्राप्तीका लागि प्रदेशबाट धादिङका क-कस्को नाम सिफारिस भयो ? सूची