
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका २ स्थित नलाङ खिर्य भञ्ज्याङमा कार्तिक ८ गते देखि प्रथम १ लाख र दोस्रो ५० हजार र तृतिय ३० हजार पुरस्कार राशी रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तमु युवा समाज सिद्धलेक २ खिर्यको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता नलाङ पात्ले माध्यामिक विद्यालयको खेल मैदानमा हुने छ ।