धुनीबेसी चालिसेमा असोज ३० देखि फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २६, २०८०

धादिङ । विगतका वर्षहरुमा जस्तै यस वर्षको विजया दशमीको अवसरमा धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

विगतका वर्षहरुमा धुनीबेसीमा युवा समुहको आयोजना र धुनीबेसी नगरपालिकको प्रायोजन हुने गरेपनि यस वर्ष धुनीबेसी नगरपालिका आफैले आयोजना गर्न लागेको हो । प्रतियोगिता असोज ३० गते देखि सुरुहुने सागर हमालले बताए ।

यस वर्ष प्रथम पुरस्कार ५५ हजार ५५५, दोस्रो पुरस्कार २५ हजार ५५५ रहेको छ । प्रथम पुरस्कार गत साल बराबरकै हो भने द्वितिय पुरस्कार गत सालको भन्दा घटी हो ।