धादिङ । सतोरियो कराँते डोजो धादिङले धादिङबेसीमा आयोजना गरेको धादिङ जिल्ला स्तरीय सतोरियो कराँते प्रतियोगितामा आयोजक सतोरियो कराँते डोजो धादिङबेसी प्रथम भएको छ ।
प्रतियोगितामा १२ गोल्ड, ५ सिल्भर, ५ कास्य सहित आयोजक धादिङबेसी डोजो प्रथम अएको हो भने ४ गोल्ड, १ सिल्भर र ५ कास्य सहित लापा डोजो दोस्रो भयो । यस्तै २ गोल्ड, ७ सिल्भर र ७ कास्य सहित सेर्तुङ डोजो तृतिय, १ गोल्ड, ५ सिल्भर र ५ कास्य सहित निगालपानी डोजो सान्तोना भएको सुदिप श्रेष्ठले धादिङपोष्टलाई बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र धादिङका संयोजक एवम् जिल्ला खेलकुद विकास समिति धादिङ पूर्व अध्यक्ष मनराज भण्डारीले प्रतियोगितामा विजयी खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रमा सभापति एवम् सतोरियो कराँते डोजो धादिङ प्रमुख भिम गुरुङले धादिङको रुबीभ्याली देखि प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रर्दशन गरेकोमा धन्यावाद दिँदै प्रतियोगितामा सहभागी सबै डोजोहरु र प्रतियोगिताका लागि सहयोग गर्नेसबैलाई धन्यावाद दिएका थिए ।
८९ जना खेलाडी सहभायी यस प्रतियोगिताको उद्घाटन असोज २० गते नीलकण्ठका मेयर भिम प्रसाद ढुङ्गानाले गरेका थिए ।