ग्रामिण यातायात धादिङ प्रालिद्वारा अनलाईन टिकट बुकिङ खुल्ला

Avatar photo
Dhadingpost
आइतवार, अशोज २१, २०८०

धादिङ । ग्रामिण यातायात धादिङ प्रालि धादिङका अध्यक्ष राजेन्द्र अधिकारीले यस समितिबाट काठमाडौ–धादिङबेसी, काठमाडौं–आरुघाट, काठमाडौं–फुलखर्क चल्ने बसको टिकट अब अनलाईनबाट लिन सकिने बताएका छन् ।

हाम्रो प्रालिबाट चल्ने बसहरुको टिकट काट्न अब काउण्टर सम्म पुग्नु पर्दैन अनलाईनबाटै बुकिङ गर्न सकिन्छ उनले धादिङपोष्टलाई बताए ।

कसरी लिने ग्रामिण यातायात धादिङ प्रालिबाट चल्ने बसको अनलाईनबाट टिकट ?
✅ आफ्नो मोबाईलमा BusSewa App डाउनलोड गर्नुहोस् I or visit www.bussewa.com
✅ गन्तब्य र मिति छानी सजिलै बस र सिट छनोट गर्नुहोस् ।
✅ यात्रुको विवरणहरु भर्नुहोस् ।
✅ डिजिटल वालेट बाट भुक्तानी गरी टिकट काट्नुहोस् ।
अनलाइनबाट टिकट उपलब्ध गराउनेहरुले सिधै गाडीधनी, काउन्टर तथा संस्थासँगै समन्वय गरेर टिकट उपलब्ध गराउने गर्छन् ।
टिकट काटिसकेपछि यात्रु, काउन्टर र गाडीधनीलाई एकैचोटी माेबाइलमै जानकारी जान्छ । यसैगरी यात्रुको माेबाइल र इमेलमै टिकटको डिजिटल प्रतिलिपि पनि जान्छ । कन्फर्म गरेपछि डिजिटल पैसा तिर्न मिल्छ । यसो गर्दा बसमा कुन सिट खाली छ कुन छैन भन्ने कुरा काउन्टर र चालक दुवैलाई थाहा हुन्छ।