काउले यू-१७ फुटबल सकियो, पुरुष तर्फ नागिनिथान र महिला तर्फ कल्लाबारी विजेता

Avatar photo
Dhadingpost
आइतवार, अशोज २१, २०८०

धादिङ । मेन्दो फोले युवा समाज काउले नीलकण्ठ १४ ले काउले खेल मैदानमा आयोजना गरेको यू-१७ फुटबल प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि पुरुष तर्फ नागिनिथान र महिला तर्फ कल्लाबारीले जित्न सफल भयो ।

प्रतियोगितामा पुरुष तर्फ २६ टिम र महिला तफै १० टिमले भाग लिएका थिए । शनिबार भएको फाईलन खेलमा पुरुष तर्फ नागीनथानका लागि लक्ष्मण तामाङले २, राम तामाङ, सोनाम तामाङ र कौषल तामाङले १–१ गरी ५ गोल गरेका थिए भने प्रतिस्पर्धी कल्लाबारी गोल रहित बन्न पुगेको थियो ।

यस्तै महिला तर्फको फाईनलमा सकुन्तला मम्बा २ र विपक्ष टिमबाट आत्मघाती १ गोल सहित ३ गोल गरेको कल्लाबारी विरुद्ध खेलेको फलाटे गोल रहित बन्न पुगेको थियो । पुरुष तर्फ राम तामाङ र महिला तर्फ आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

यो सँगै पुरुष तर्फ नागिनिथानले २१ हजार १११, कल्लाबारीले १० हजार १११ र महिला तर्फ कल्लाबारीले ११ हजार १११ र फलाटेले ५ हजार १११ रुपैंया हात पारे । प्रतियोगिता 7A Side मा खेलाईएको अध्यक्ष सुरज गुरुङले धादिङपोष्टलाई बताए ।