धादिङ । चन्द्रज्योति तेक्वान्दो डोजाङ्ग नुवाकोटको आयोजनामा यही असोज १९ र २० गते भएको दोस्रो चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङ टिम दोस्रो हुँदै फर्किएको छ ।
उक्त प्रतियोगितामा नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका बिभिन्न डोजाङ्गहरूबाट ३०० जना भन्दा बढी खेलाडीहरुले भाग लिएको उक्र प्रतियोगितामा धादिङबाट २६ जना खेलाडी सहभागी थिए ।
धादिङबाट सुनगाभा, गल्छी तेक्वान्दो डोजाङ्गका गरि २६ जना खेलाडी सहभागी भएका हुन् । उक्त प्रतियोगितामा टिम धादिङ २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित द्वितीय हुन सफल भएको थियो भने म्यागङको सामरी डोजाङले ५ संवरण पदक सहित १ कास्य पदक प्राप्त गरि प्रथम भयो ।
प्रतियोगितामा धादिङकी प्रमिता तामाङ उत्कृष्ट खेलाडी ९४५(४९० घोषित भएकी थिइन् । बाग्मती प्रदेश आर्थिक मामिला मन्त्री श्री बहादुर सिंह लामाले प्रतियोगितामा पदक जित्ने खेलाडी तथा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई पदक र शिल्ड प्रदान गरेका थिए । धादिङबाट प्रदिप गिरी जुरी र सुब्बा श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने धादिङ टिम कोचको भूमिकामा मोहित परियार थिए ।
पदक जित्ने धादिङका खेलाडीहरू
स्वर्ण (प्रथम)
१. प्रमिता तामाङ (४५-४९ केजी उत्कृष्ट खेलाडी) टिम धादिङ
२.आशिका तामाङ -(३८-४१ केजी) टिम धादिङ
रजत (द्वितीय)
१. प्रदिप तामाङ (४०-४४ केजी) टिम धादिङ
२. रिदम श्रेष्ठ (२०-२४ केजी) टिम धादिङ
३. सुरेश तामाङ (३५-३९) टिम धादिङ
कास्य (तृतीय)
१. राजु गिरी (४०-४४ केजी) गल्छी
२. पार्बती अधिकारी (४२-४५ केजी) गल्छी