थाक्रेमा असोज २८ देखि वडा स्तरीय फुटबल हुने

Avatar photo
Dhadingpost
आइतवार, अशोज २१, २०८०

धादिङ । धादिङको थाँक्रे गाउँपालिकाले यहि असोज २८ गते देखि दशैंको अवसरमा वडा स्तरीय 9 A Side पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ ।

जिल्ला फुटबल संघ धादिङका सचिव उपेन्द्र डी लामाका अनुसार उक्त प्रतियोगितामा पालिकाका प्रत्यक वडाबाट १–१ टिम र आयोजकको १ टिम गरी १ २ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रथम पुरस्कार ५५ हजार, द्वितिय पुरस्कार ३३ हजार र तृतिय पुरस्कार ११ हजार रहने उक्त प्रतियोगिताको उट्घाटन खेल थाक्रे जनप्रतिनिधि र थाक्रे कर्मचारीबीच मैत्रीपूर्ण खेलबाट हुने बताईएको छ ।