धादिङका गणेश गुरुङ जारी एसियाडमा कायाक तर्फ फाईनल प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, अशोज २०, २०८०

धादिङ । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोम अन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् ।

धादिङ बेनीघाट रोराङ गाउँपालिका ५ निवासी गुरुङ फाइनल चरणमा दश खेलाडीबीच शनिबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए । फाइनल चरणमा शीर्ष तीनमा पर्ने खेलाडीले पदक पाउनेछन् ।