
धादिङ । बागमती प्रदेश कबड्डी संघको सहयोग तथा धादिङ जिल्ला कबड्डी संघ धादिङको आयोजनामा आजबाट धादिङबेसीमा कबड्डी निर्णायक तालिम सुरु सुरुभएको छ ।
कबड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादवका अनुसार तालिममा अध्यक्ष यादव आफै, मनिश श्रेष्ठ, विनोद मगर, राजन मगर, महेन्द्र ढुङ्गाना, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, विशाल सापकोटा, अनु गुरुङ, दिनेश भेजुल लगायत सहभागि छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले कबड्डी संघबाट जिल्लाका अन्य संघहरुले पनि सिक्नु पर्ने बताए । बाहिरबाट निर्णायक ल्याएर गेम गराउँदा आर्थिक भार परिरहेको छ । यस्ता तालिम अन्य संघहरुले पनि चलाय जिल्ला स्तरका प्रतियोगिताका लागि निर्णायक खोज्न बाहिर जानु नपर्ने र आर्थिक भार पनि कम पर्ने बताएका थिए ।

