आज विश्व मुस्कान दिवस, धादिङका युवाहरु के भन्छन् ?

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १९, २०८०

धादिङ । हरेक वर्ष अक्टोबर ६ मा दिन विश्व मुस्कान दिवस मनाइँदै आएको छ । सन् १९९९ देखि मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न यो दिवस मनाउन थालिएको हो ।

यस दिवसको अवसरमा धादिङका युवा के भन्छन् ?

  • आज मुस्कान दिवस हो । सर्बप्रथम मुस्कान दिवसको सबैलाई शुभकामना दिन चाहन्छु । बच्चा बेलामा जति हामी मुस्काउछौँ उमेर बढ्दै जाँदा त्यो मुस्कान त्यतीनै कम हुदै गएको पाईन्छ । मुस्कुराउनु भनेको खुसि हुनु पनि हो । मुस्कान आफैमा भाव हो । मुस्कान भनेको तनावको औषधी पनि हो । जब हामी मुस्कुराउँछौं यसले हामीलाई मानसिक र शारीरिक रुपमै फाइदा गर्छ । चिन्ता र डिप्रेसन भएको मानिसलाई मुस्कानले धेरै फाईदा गर्छ । औषधीको रुपमा मुस्कानलाई लिन सकिन्छ । जब हामी आनन्दित र खुसी अनुभूत गर्छौं, हाम्रो अनुहारमा शान्त एवं प्रफुल्ल भाव प्रकट हुन्छ । यतिबेला हाम्रो ओंठमा मुस्कान छाउँछ । यसले हाम्रो आत्मविश्वास अरु दरिलो बनाउँछ,र हाम्रो मुस्कानले हाम्रो शरीरलाई उत्तेजना र भयबाट टाढा राख्छ । खुलेर हाँस्नाले रक्तनली खुल्छ र रगत राम्रोसँग शरीरको अन्य भागमा पुग्छ । हाँसोले रोगप्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।मानसिक स्थितीलाई सही राख्न मुस्कानले थेरापीको काम गर्छ । त्यसैले अर्कोको रिस,डाह, गर्नु भन्दा मुस्कुराउन थाल्नु भयो भने रोगबाट बच्नुहुन्छ भने लामो आयु बाच्न चाहनुहुन्छ भने आजैबाट मुस्कुराउन थाल्नुहोस । सबैमा शुभकामना । -रामकुमार थापा
  • जिन्दगिको सबै भन्दा ठूलो सम्पति मुस्कान हो, ह्याप्पि रहनुस् स्वस्थ र मस्त जिबन जिवन जिउनुस् -श्यामहरि तिमल्सिना
  • यो संसारमा दुख पीर कष्ट नभएको, माया प्रेममा धोका नखाको अनि असफल नभएको कोही हुन्न, संसार भन्नु, जीवन भन्नुनी सुख दुखको संगलो हो, त्यसैले जिन्दगीलाई बोझको रुपमा नालिकन हाँसेर दुःख पिडाको सामना गरेरजिन्दगी जिऔं । असिमित शुभकमना -अपिल कोईराला
  • मुस्कान शब्द नै नेपालको शब्दकोशबाट हटाओस् भन्न चाहान्छु सर। नेपालीहरूको ओठमा पिडाले भरिएको मुस्कान फिटिक्कै सुहाउन लायक छैन। 😭😭 -हेमन्त श्रेठ
  • म खुसी छु , मुस्कुरइरहेकी छु । तपाईं पनि मुस्कुराइ रहनुस् -मनिशा लामिछाने
  • मानिसको जिवनमा दु:ख पिर त परिरहन्छ, त्यसको बाबजुद हासो मुस्कानले आफुलाई बलियो बनाउन र अरुलाई प्रेरणा दिन सकिन्छ । त्यसैले रिस त्यागौ मुसुक्क हासौ आफुसङै अरुलाई पनि खुसी दिउ। –देवि सिटौला
  • आत्मालाई शान्ति दिने नै मुस्कान हो, आज हामीले मुस्कान लिएर बसेनौ भने हाम्रो दिन नै खल्लो तनाबयुक्त हुन्छ तर्सथ आज मुस्कुराउन सकियो भने हाम्रो जिबन को असली सुन्दरता नै मुस्कान हो हरेक दिन मुस्कुराउन नबिर्सनु होस। सम्पुर्ण प्रियजन लाई अन्तर्राष्ट्रिय मुस्कान दिवस को सु अबसरमा मिठो मुस्कान सहित शुभकामना बेक्त गर्द्छु। –सन्तोष पौडेल
  • Keep smile forever –किरण पाठक
  • मुस्कानले नै मान्छेलाई बहिरी आवरणबाट राम्रो देखाउने मनको पिडा भुलाएर आफूलाई मुस्कुराउनुस र अरुलाई मुस्कुराउने कोसिस गर्नुस सबैलाई मुस्कान दिवासको शुभकामना । -अमन ढकाल
  • विश्व मुस्कान दिवसको अवसरमा, हाम्रो समाजमा मुस्कानको महत्त्व प्रमोट गर्ने बारेमा विचार गर्नुहोस् र अरूहरूलाई पनि हाम्रो मुस्कानले प्रेरित गर्ने कोशिश गर्नुहोस्। मुस्कानले मानव जीवनमा सुख, सन्तोष र सहयोगको महत्त्व प्रतिस्थापित गर्दछ। -प्रदिप गिरी
  • तपाईं मुस्कुराइदिनुस्, संसार आफै मुस्कुराउनेछ, किन भने मुस्कानको जवाफ मुस्कान नै आउँछ । -चन्द्र तामाङ
  • मुस्कानले मानिसलाई धेरै फाइदा गर्छ । मुस्कानले सबै भन्दा पहिला त मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पुर्‍याउँछ ।मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सङ्ख्या बढाइ, रक्तचाप कम गर्न मदत गर्छ, जसले सङ्क्रमणबाट बचाउँछ । मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्व पूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ । नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउँदा अन्य मानिसहरूबाट थप सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ। -रोसिक सिल्वाल