शिक्षक दिवसको अवसरमा धादिङका शिक्षक के भन्छन् ?

Avatar photo
कला थापा
बिहिबार, अशोज १८, २०८०

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ । अक्टुवर ५, १९६६ मा शिक्षकहरूको सेवा, सुविधा सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले महत्वपूर्ण सिफारिस गरेको र त्यसलाई संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेको दिनको सम्झनामा विश्व शिक्षक दिवस मनाउन शुरू गरिएको हो ।

‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ: शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ भन्ने यस वर्षको नाराका साथ आज विश्व शिक्षक दिवस मनाईएको छ । नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।

यस दिवसको अवसरमा धादिङका शिक्षक के भन्छन् ?

  • शिक्षक आफू परिवर्तन भए कक्षा काेठा र सिकाइ परिवर्तन गर्न सकिन्छ । जस्ले गर्दा गुणस्तर वृद्धि र समाज परिवर्तनमा सहजता ल्याउँछ । समाजकाे सकारात्मक परिवर्तन चेतनशील शिक्षक र समयानुकूल पाठ्यक्रम मार्फत सम्भव छ । –देवीप्रसाद अधिकारी, नीलकण्ठ क्याम्पस
  • विस्वभरका बौद्धिक स्रमजिवी शिक्षक /बिद्यालय कर्मचारीहरु एक्काइसौं सताब्धिका लागि (sent with celebration effect), आवश्यक योग्य जनशक्ति उत्पादनको चुनौती र आफ्नै पेशागत सुरक्षा,स्थायित्व र बिकासका निम्ति एकजुट भइ अनुभव आदानप्रदान एवं भावनात्मक संबन्ध बिकासका निम्ति जुटौं । –शंकर अधिकारी प्रकाश मा .वि. नीलकण्ठ
  • शिक्षक एकता अपरिहार्यता, प्रविधि मैत्री शिक्षा र गुणस्तरीय शिक्षा अहिलेकाे आवश्यकता – तिलक चेपाङ, शंखादेवी मा. वि, बेनीघाट रोराङ
  • हामी सबैको जीवनमा कम्तिमा एक शिक्षक छ जसले हामीलाई जीवनमा सही मार्ग देखाउँछ । हामी जीवनभर यस्तो गुरुप्रति कृतज्ञ रहन्छौं । –दीपक सिटौला, नीलकण्ठ मा. वि.
  • सम्मानित,मर्यादित,विश्वासनियता र प्रविधिमैत्री स्वतन्त्र पेशाकाे लागि शिक्षक दिवस –अमृत गुरुङ (तिलक), नलाङ पात्ले मा. वि. सिद्धलेक
  • अक्षर,शब्द,वाक्य र समग्र जीवन जगत् को पुञ्ज ,समाज र राष्ट्र निर्माणको खम्बा, ज्ञानरुपी मार्गका प्रकाश अनि ज्ञानको तिर्खा मेटाउने पानी हुन् शिक्षक । विश्व शिक्षक दिवशको अवसरमा सम्पुर्ण शिक्षकहरुमा शुभकामना । –सुरेश अर्याल, जलेश्वरी मा. वि. सिद्धलेक
  • सर्बप्रथम विश्व शिक्षक दिवसको अवसरमा सम्पुर्णमा शुभकामना । शिक्षण पेशा सम्मानित पेशा हुनुपर्ने हो तर नेपालको सन्दर्भमा त्यो हुन सकेको छैन । यस सन्दर्भमा हामी सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक पहल गर्नु पर्छ । जुनसुकै क्षेत्रको जग बनाउन शिक्षकको महत्त्वपूर्ण हुन्छ भन्नेकुरा सबैले बुझ्नु पर्छ । जब जग बलियो भएन बर्बादिको सुरुवात हुन्छ । हुनत कतिपय शिक्षकहरुले आफ्नो मर्यादा बिर्सेका छन् तिनिहरुलाई सच्याउनु पर्छ । –प्रयास रेग्मी, न्यू किबो बोर्डिङ, धादिङबेसी
  • शिक्षकको सम्मान गरौ , शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउ ! –रमेश सुजन कुँवर, सल्यानकोट मावि त्रिपुरासुन्दरी
  • तमाम उत्पिडित र राज्यको नजरबाट हेलित हुनुपरेका तमाम शिक्षकहरुले न्याय पाउन् भन्ने शुभकामना दिन चाहन्छु । –पूर्णप्रसाद सिंखडा, कार्कीडाँडा मा. वि. गल्छी
  • शिक्षकहरुलाई राज्यले गर्ने विभेदको अन्त्य हुनुपर्छ साथै शिक्षक स्वयम् पनि अपडेट भइरहनुपर्छ –सरस्वती अधिकारी, मंगलादेवी मा. वि. नेत्रावती डवजोङ
  • शिक्षक देशका जनशक्ति उत्पादन गर्ने प्रमुख ब्यात्ति हुन, हरेक मानिस को भबिस्य निर्धारण शिक्षकबाट नै हुन्छन । शिक्षक समाजका ऐना हुन, जुन समुदायमा शिक्षक छ्न् त्यो समुदाय नै शिक्षिक हुन्छ र एक आपसमा समुदायमा मेलमिलाप ,अनुशासन, मान मर्यादा कायम हुन्छ । नेपाली समाजको नेतृत्व नै शिक्षकले गरेका हुन्छ्न । अंध्यारोबाट उज्यालो तर्फ डोर्याउने काम शिक्षकको नै हो । शिक्षक दिबशको शुभकामना –किशोर अधिकारी, जुनतारा आ. वि. गजुरी
  • राष्ट्रको विकासको मेरुदण्ड भनेकै शिक्षा हो । राज्यले शिक्षामा लगानी बढाउनु आवश्यक छ । शिक्षामा दक्ष, क्षमतावान प्रतिभाहरू प्रवेश गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्छ । शिक्षण पेसा सम्मानित र आकर्षणको केन्द्र बनाउनुपर्छ । सेवा प्रवेश ,नियमन र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा राज्य निर्मम बनोस,,, विश्व शिक्षक दिवसको शुभकामना –कृष्ण राना मगर, हिलेपोखरी आ. वि., गंगाजमुना