दिपक बस्नेत (सुरप्रताप) को “बोली मिठी” सार्वजनिक

Avatar photo
Dhadingpost
सोमवार, अशोज १५, २०८०

धादिङ । धादिङका दिपक बस्नेतले आफ्नो पहिलो गीत “बोली मिठो” सार्वजनिक गरेका छन् । शिब अनुरागको कर्णप्रिय संगीतले सजिएको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । गायनमा मिलन बि.क. ले आफ्नो जादु देखाएका छन् ।

संगीत संयोजन सञ्जय श्रीपालले गरेका छन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका हुन् । भिडियोमा बन्दना बेली र दिपक बस्नेतलाई मुुख्य भुमिकामा देख्न सकिन्छ भने सामूहिक नृत्यमा ड्रिम डान्स परिवारको आकर्षित नुुत्यले दर्शकलाई रोमाञ्चित बनाउने छ ।

“बोली मिठी”मा गाउँको पृष्ठ भूूमिबाट पढ्न बजार झरेको युवाको ठट्यालीपन र किशोर अवस्थालाई उजागर गर्ने कथा समेटिएको छ । नाचु नाचु लाग्ने संगीत र हेरु हेरु लाग्ने दृश्यले दर्शकलाई आनन्दित पार्ने पक्का छ । टिकटकका पारखीका लागि पनि एउटा राम्रो खुराक निर्माण भएको छ । नाच्ने र नचाउनेको लागि एउटा सदावार गीत निर्माण भएको दावी गरिएको छ ।

रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । दिपक बस्नेतले निर्माण गरेकोसो गीत आफ्नै यूटुव च्यानल अनुदिप क्रियशन मार्फत “बोली मिठो” बोलमा आईतबार सार्वजनिक गरिएको हो ।