
धादिङ । धादिङको मलेखुमा हानिकारक रंग दलिएका ५० हजार बराबरको माछा बजार अनुगमन समितिले आज भन्दा ६ दिन गगाडी जफत गरि नष्ट गरेको थियो । बजार अनुगमनका क्रममा भेटिएका माछा नष्ट गरिएपनि अहिले फेरि मलेखुमा रंग दलिएका माछा खुलेआम विक्रि भईरहेको उपभोक्तहरु बताउँछन् ।
आफु काठमाडौंबाट धादिङ आउँदै गर्दाफुर्के खेलामा पनि आईतबार हानिकारक भनिएको रंग दलिएको माछा विक्रि भई रहेको उपेशकुमार श्रेष्ठ बताउँछन् ।
अस्ति भर्खर बजार अनुगमन गर्दा येस्तो रङ्ग लगाएको माछा स्वास्थ्यको लागि हानिकार छ भनेर माछा जफत गरि नस्ट गरेको थियो फेरि किन बेच्दै हुनुहुन्छ भनेर आफुले जिज्ञासा राख्दा उनीहरुले यो हामिले बनाईसकेको थियौ तेसैले यस्लाई त सक्नु पर्योनी भनेर बेचेको हौ भनेर जवाफ दिएको उनले बताए ।
फुर्केखोलाको यो दृष्य देखे सँगै उपेशले बजार अनुगमन समितिलाई भनेका छन् । अनुगमन के को लागि हो ? रङ्ग गरिसकेको चै बिक्री गर्नुस भनेर सुझाव दिईएको हो ? मिडियाबाजिको लागि मात्र हो ? अनुगमन गरेको स्थानको लागि मात्र अखाद्य हुने हो ? जुन दिन अनुगमन भयो सोहि दिनकोलागि मात्र अखाद्य हुने हो ? राजमार्गमा उपभोक्ता कहिले सम्म यसरी ठगिरहनु पर्ने हो ? होइन भने ढुक्कले बिक्री गर्नर खान दिनुस तेतिकै त्रसित नबानाउनु होला कम्सेकम धादिङ्ग मलेखुमा माछा राम्रो पाईन्छ भनेरत चिन्दथियो । देखावटी मिडियाबाजिका लागि अनुगमन बन्द गरौ ।