प्रेस सेन्टर त्रिपुरासुन्दरी गाउँपालिका गठन

Avatar photo
Dhadingpost
सोमवार, अशोज १५, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कला थापाको अध्यक्षतामा ७ सदस्यीय प्रेस सेन्टर गठन भएको छ ।

आईतबार सम्पन्न प्रेस सेन्टर त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय भेलाले गठन गरेको पालिका स्तरीय नव गठित कार्यसमितिको उपाध्यक्षमा राम तामाङ सचिवमा सुनिता गुरुङ, सह सचिवमा पुष्पा दरै, कोषाध्यक्षमा करणबहादुर राना, सदस्य गकुल विक, सदस्य प्रदिप कुमाल चयन भएका छन् ।

गाउँपालिका उपाध्यक्ष एवम् माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा प्रेस सेन्टरका केन्द्रिय सदस्य नारायण सिलवाल, जिल्ला अध्यक्ष राजन अधिकारी, प्रेस सेन्टरका नुवाकोटका अध्यक्ष रामहरि गजुरेल, वडा अध्यक्ष हरि विश्वकर्मा, माओवादी केन्द्र त्रिपुरासुन्दरीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।