धादिङका विपिन कडेल सुपर लिगका लागी १ लाखमा विक्री

Avatar photo
Dhadingpost
आइतवार, अशोज १४, २०८०

धादिङ । धादिङका विपिन कडेल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि १ लाखमा विक्रि भएका छन् ।उनलाई पोखरा थन्डर्सले किनेको हो ।

२०७८ मा जाउलाखेल क्लवबाट ए डिभिजन यात्रा गरेका विपिनले त्यस पछि सुपर लिग झापा एफसीबाट खेलेका थिए ।

दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् ।

अक्सनमा ए,बी,सी ग्रेडमा खेलाडी छुटइएको थियो । ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार थियो । त्यस्तै बी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम १ लाख रुपैयाँ देखि उच्चतम १ लाख ५० हजार रुपैयाँ रहेको थियो । धादिङका विपिन बी ग्रेड अन्तरगत १ लाखमा विक्रि भएका हुन् ।

मंसिर ८ गतेबाट सुरु हुने यसपटकको एनएसलमा ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले यो संस्करण खेल्नेछन् । प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स सहित ३ नयाँ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलामले दोस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।