नीलकण्ठ र ज्वालामुखीमा प्रेस सेन्टर गठन

Avatar photo
Dhadingpost
शनिबार, अशोज १३, २०८०

धादिङ । प्रेस सेन्टर धादिङले आज धादिङका दुई वटा स्थानीय तह नीलकण्ड नगरपालिका र ज्वालामुखी गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् अभियानका लागि कमाण्डर बनेर आएका नेता पूर्ण डुवाडीको प्रमुख आतिथ्यतामा ढोलमा सम्पन्न भएको प्रेस सेन्टर ज्वालामुखीको भेलाले अमृत कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्य समिति सदस्यहरुमा अशोक श्रेष्ठ, राज्य सिंखडा, कौशल श्रेष्ठ, निशा श्रेष्ठ, बिबेक रम्तेल रहेका छन् ।

यस्तै माओवादी केन्द्रको केन्द्रीय सदस्य अप्सरा सिंखडाको प्रमुख आतिथ्यतामा भएको प्रेस सेन्टर नीलकण्ठको भेलाले रेडियो बिहानीमा कार्यरत रचना श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नव गठित कार्य समिति सदस्यहरुमा छिरिङ तामाङ, अनु विश्वकर्मा, सेलिका तामाङ र उपशााना तामाङ छन् ।