काउलेमा भोली देखि यू-१७ नकआउट फुटबल सुरु हुने (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
शनिबार, अशोज १३, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित काउले खेल मैदानमा भोली असोज १४ गतेबाट अण्डर १७ नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

मेन्दो फोले युवा समाजले काउलेले आयोजना गर्ने उक्त प्रतियोगिताको पुरुष तर्फ २६टिम र महिला तर्फ १० टिमले भाग लिने भएका छन् ।

प्रतियोगिताको उद्घाटन धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङले गर्ने आयोजक मेन्दो फोले युवा समाजका अध्यक्ष सुरज गुरुङले धादिङपोष्टलाई बताए । प्रतियोगिताको पुरस्कार राशी पुरुष तर्फ २१ हजार १११ र उपविजेताले १० हजार १११ र महिला तर्फ प्रथम ११ हजार १११ र उपविजेता ५ हजार १११ रहेको छ । प्रतियोगिता  7A Side मा खेलाईने छ ।