माओवादी केन्द्र जनताको मुद्धामा प्रतिवद्ध छ -भण्डारी

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १२, २०८०

धादिङ । माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले नेकपा (माओवादी केन्द्र) जनताको मुद्धामा प्रतिवद्ध रहेको बताएका छन् । हामी यतिबेला जताको घर-दैलोमा छौं । अधिकांश जनताको गुनासो माओवादीले धरातल भुल्न नहुने र संकटकालका अधिकांश मुद्धाहरुमा विचलित नहुन सुझाव दिएको बताएका छन् ।

प्रेस सेन्टर रुबीभ्यालीको भेलाका प्रमुख अतिथि समेत रहेको जिल्ला संयोजक भण्डारीले माओवादी जनताको मुद्धाहरुमा प्रतिवद्ध रहेको र केहि मुद्धाहरुले कानुनी रुप समेत पाईसकेको बताएका थिए । प्रेस सेन्टर पार्टीको संचार मोर्चा भएकोले पार्टीले गरेका राम्रा कामहरु जनताकोमा पुर्याउनु पर्ने बताए भने नराम्रा कामहरुको समेत प्रेस सेन्टरले भण्डाफोर गर्न उनले आग्रह गरेका थिए ।

भेलाले दावा तामाङको नेतृत्वमा ९ सदस्यी प्रेस सेन्टर रुवीभ्याली गठन गरेको थियो ।