धादिङ समाज जापानद्वारा थाक्रेका दिनेश थापाको शव पठाउन सहयोगको अपिल

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १२, २०८०

जापान । धादिङ समाज जापानले धादिङ थाक्रेका २३ वर्षिय दिनेश थापाको शव नेपाल पठाउन आर्थिक अभाव भएकोले सहयोगको अपिल गरेको छ ।

समाजका अध्यक्ष श्यामहरि तिमल्सिना र महासचिव विजय सडौलाले एक विज्ञप्ती जारी गर्दै जापान स्थित हिगाशी निहोन कोकुसाई दाई गाकोउ फुकुशिमा केन इवाकी सिटीमा निहोजगो गाकोउ अध्ययनरत दिनेश थापाको असोज १० गते बुधबार असामहिक निधन भएको र शव नेपाल पठाउन आर्थिक समस्या रहेकोले सहयोगर्न अपिल गरेका हुन् ।

मृतकको अंकल उत्तम थापा र घर परीवारकाले शब नेपाल पठाइदिन अनुरोध भएको र घरमा मृतक थापाको बुवा पनि बिरामी भएर अस्पातल रहेको र उँहाको आमा बुवाले अन्तिम संस्कार आफ्नो मात्रीभुमीमा गर्ने इछ्या राख्नु भएको र घरको आर्थिक अवस्था कमजोर रहेकाले सम्पूर्णमा धादिङ समाज जापान हार्दिक अनुरोध गर्दै इच्छुक सबैमा, स्वच्छिक रुपमा आर्थिक सहयोगगरि दिन समाजले अपिल गरेको छ ।