ज्ञानेन्द्र मल्लले किन भेट्न पुगे मुख्यमन्त्री जम्कट्टेललाई

Avatar photo
Dhadingpost
बुधबार, अशोज १०, २०८०

हेटौंडा । नेपाली राट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आज बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेललाई भेट गरेका छन् ।

भेटका क्रममा मल्लेले २०७९ चैत २ गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आइसीसी ओडिआई लिग–२ खेलमा युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुगेको अवसरमा बागमती प्रदेश सरकार खेलाडीलाई जनही १-१ लाख दिने घोषणा भएको रकम खेलाडीहरुले अहिले सम्म पाउन नसकेको गुनासो राखेका थिए ।

यस्तै ज्ञानेन्द्रले आफूहरुले मन्दिर बनाउन लागेकार उक्त मन्दिरलाई आर्थिक सहयोग गर्न समेत माग गरेका थिए ।

मुख्यमन्त्रीले खेलाडीलाई आफूमुख्य मन्त्री भएको बेला खेलाडीलाई १-१ लाख दिने भनेको हो तत्काल दिईने बताएका थिए भने मन्दिर निमार्णको वियषमा पनि सहयोग गर्न सकिने बताएका थिए ।