
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित काउले खेल मैदानमा यहि असोज १४ गतेबाट अण्डर १७ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
विजेताले २१ हजार १११ र उपविजेताले १० हजार १११ जित्ने यस प्रतियोगितामा भाग लिने टिमले यहि असोज १३ गते सम्म गर्न सक्ने आयोजक मेन्दो फोले युवा समाजका सुरज गुरुङले धादिङपोष्टलाई बताए ।
मेन्दो फोले युवा समाजले काउलेमा नियमित खेलकुद गर्दै आईरहेको छ । यस प्रतियोगिता 7A Side मा खेलाईने जनाईएको छ ।