धादिङमा मंसिर २ बाट डीपीएल हुने, राष्ट्रिय खेलाडी समेत राख्न पाईने

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

धादिङ । धादिङ जिल्ला क्रिकेट संघले मंसिर २ गतेबाट राष्ट्रिय खेलाडी समेत राख्न पाउने गरी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता (धादिङ प्रिमियर लिग) को आयोजना गर्ने भएको छ ।

क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेलका अनुसार विगतका वर्षहरुमा जिल्लाका सम्बन्धित पालिकाले आफ्नो पालिकाका खेलाडी मात्रै राखेर टिम बनाउनु पर्ने नियमलाई यो पटक खुकुलो पारिएको र यो पटकको डीपीएलमा जिल्ला बाहिरका १ जना राष्ट्रिय खेलाडी र २ जना प्रदेश खेलाडी सँगै जिल्ला भित्रका जोकोही खेलाडी राखेर पालिकाले टिम बनाउन सक्ने उनले बताए ।

एक पालिका एक टिम हुने यस प्रतियोगितामा कुनै पालिकाका टिम नपुग्ने र कुनै पालिकामा धेरै खेलाडी हुँदा जिल्लाका खेलाडीले जुन पालिकाबाट पनि खेल्न पाईने र खेलमा थप सिपका लागि जिल्लाबाहिरका राष्ट्रिय र प्रदेशका खेलाडी राख्न पाईने नियम बनाईएको अध्यक्ष कडेलले बताए ।

आईसीसीको नियम अनुसार खेलाईने यस प्रतियोगिता विगतका वर्षमा हुँदै आएको बेनीघाट रोराङ स्थित विशालटार खेल मैदान मै हुने उनले बताए ।