
धादिङ । धादिङको गजुरी गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि ४ रोपनी ८ आना जग्गा खरिद गरेको छ । गजुरी गाउँपालिका वडा नम्बर-६ स्थित पाताल वन छेउमा रहेको उक्त जग्गा फोहोर व्यवस्थापनका लागि विष्णु रिजालले विक्री गरेका हुन् ।
प्राविधिक दृष्टिकोणले लिर्घकालिन फोहोर व्यवस्थापनका लागि उक्त जग्गा उपयुक्त हुने देखिएकोले ३६ लाखमा जग्गा खरिद गरिएको गाउँपालिका प्रमुख कृष्णलाल श्रेष्ठले धादिङपोष्टलाई बताए ।
उक्त स्थान फोहोर व्यवस्थापनको लागि उपयुक्त छ । स्थानीय वडाबासीको सहयोग रहने वडा अध्यक्ष भक्त बहादुर तामाङ बताउँछन् । अहिले खरिद गरिएको जग्गा नजिक वस्ती छैनन् । वातवरणिय हिसावले पनि उक्त स्थान उपयुक्त भएको उनले दावी गरे ।
जग्गा धनी विष्णु रिजालले जिल्ला मातपोत कार्यालयमा पुगी गाउँपालिका उप-प्रमुख शर्मिला विसुराल वडा अध्यक्षहरु समेतको उपस्थितमा कानुनी रुपमा गजुरी गाउँपालिकालाई उक्त जग्गा बेचेका हुन् ।