मलेखुमा रङ हालिएको माछा नष्ट

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

धादिङ । धादिङको मलेखु माछाले प्रख्यात छ । मलेखुको माछा भनेर राजमार्गमा यात्रा गर्नेहरु प्रायस सबैलाई थाहा छ ।

बजार अनुगमन समितिले मलेखुमा रहेका माछा पसलबाट हानिकारक रङ मिसावट गरिएका ५० हजार बराबरको माछा नियन्त्रण लिई नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलको अनुगमनपछि हानिकारक रंग हालिएको माछा नष्ट गरेको हो । तस्वीर शंकर श्रेष्ठ