मझिमटारमा जारी फुटबलमा आज हुने खेलहरु

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

धादिङ । बेनीघाट रोराङको मझिमटारमा असोज ४ गते देखि जारी रहेको प्रथम अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगितामा प्रिक्वाटर फाईनल प्रवेस गरेको छ ।

आज हुने खेल तालिका यस्तो छ
१. बेनिघाट रोराङ युवा क्लब,हुग्दिखोला र धनवीर कन्सट्रक्सन,मलेखु बिहान ७ बजे
२. ब्रदरहुड फुटबल क्लव,मुग्लिन र जन एकता युवा क्लब,जवाङ बिहान ९ बजे
३. गजुरी समाज,गजुरी र गण्डकी युवा क्लब,सिउरेनिटार, दिउँसो २ बजे
४. सूर्योदय युवा क्लब,हातिवाङ र आयोजक भेटेरान,मझिमटार, दिउँसो ४ बजे

यस्तै सोमबार भएको खेलहरुमा सिलिङटार युवा क्लव,मनकामना- १ र गुरुङ युवा क्लव,खहरे-०, नव स्मृति युवा परिवार,राईनस-३ र चुम्लिङटार युवा क्लव -०, शहिद स्मृति युवा क्लव,बुट्टार-२ र जिल्ला प्रहरी कार्यालय,धादिङ-० गोल अन्तरले विजयी हुँदै प्रि.क्वाटरफानल चरणमा प्रवेश गर्न सफल भएका छन् । त्यस्तै सोमबार भएको पहिलो क्वाटरफाईनलमा
जनगांऊ युवा क्लव-२ र रोईला डटकम,फिस्लिङ-०, गोल अन्तरले बिजयी भई क्वाटरभाईनल प्रवेश गरेको छ ।

प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।