जागिरको लोभ देखाई करणी गर्ने वडाध्यक्ष फरार

Avatar photo
Dhadingpost
सोमवार, अशोज ८, २०८०

सुनकोशी गाउँपालिका– १० ओखलढुंगाका वडाध्यक्ष छविरमण धमला जबर्जस्ती करणीको आरोप लागेपछि फरार भएका छन् ।

उनी माथि सुनकोशी गाउँपालिका १० कै २५ वर्षीय एक महिलालाई जागिर लगाई दिने प्रलोभनमा गत असार २५ गतेका दिन ओखलढुंगा सदरमुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

जबरजस्ती करणी गरेको आरोपमा पीडित महिलाले वडाध्यक्षविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । सोही उजुरीको आधारमा जिल्ला अदालत ओखलढुंगाले अध्यक्ष धमलालाई पक्राउ पुर्जी जारी गरेको छ ।