मझिमटारमा अन्जन स्मृति कप फुटबल जारी आज हुने खेलको सूची

Avatar photo
Dhadingpost
सोमवार, अशोज ८, २०८०

धादिङ । बेनीघाट रोराङको मझिमटारमा असोज ४ गते देखि जारी रहेको प्रथम अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगितामा आज ४ खेलहरु हुने आयोजकले जनाएको छ ।

३२ टिम सहभागी यस प्रतियोगिता अन्तरगत आज यी खेलहरु हुने छन्:

१. सिलिङटार युवा क्लव विरुद्ध गुरुङ युवा क्लव, विहान ७ बजे
२. नव स्मृति युवा क्लव विरुद्ध चुम्लिङटार फुटबल क्लव, विहान ९ बजे
३. जिप्रका धादिङ विरुद्ध शहिद स्मृति युवा क्लव, दिंउसो २ बजे
४. जनगाउँ युवा क्लव विरुद्ध रोईला डटकम,फिस्लिङ , दिंउसो ४ बजे

यस्तै आईतबार भएको खेलहरुमा बुट्टार फुटबल क्लवलाई हराउदैं आयोजक भेटेरान समुह, कुरिनटार युथ क्लवलाई पराजित गर्दै वडा। नं ६ थाक्रे समुह, कालिका युवा क्लव,मोहरियालाई पराजित गर्दै हाईवे स्पोर्टस क्लव, पञ्चकन्या युवा क्लव, सलाङघाटलाई पराजित गर्दै चरौंदी समाज सुधार विजयी भएका थिए ।

प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार रहेको छ ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।