कुपामा स्थानीयको सक्रियता, आफ्नो टोल आफै सफा अभियान

Avatar photo
Dhadingpost
आइतवार, अशोज ७, २०८०

धादिङ । धादिङ र नुवाकोटको प्रमचेत सिमना हुदै सौरपाखा कुपा देउरालि डाडा सम्म “आफ्नो टोल आफै सफा गरौ सभ्यताको नमुना बनौ ” भन्ने नाराका साथ सरसफाई र डस्टबिन राख्ने काम सम्पन्न भएको छ ।

नीलकण्ठ १४ का वडा सदस्य तथा जनप्रतिनिधि भिम गुरुङको नेतृत्वमा जम्मा भएका स्थानीयहरुले सरसफाई गरेका थिए भने ठाउँ ठाउँमा डस्टबिन राख्ने काम गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय कुपा युवा समाज, आमा समुह , बाल क्लब परिवार ,कुपा प्रवासि क्लवले आयोजना गरेका हुन् ।