धादिङ । धादिङबेसी सदरमुकाममा शनिबार नेत्र विक्रम चन्द नेतृत्वको नेकपा धादिङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध मार्च पास गर्ने भएको छ ।
एक सात अघि नेकपा भादिङले धादिङबेसीमा एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले त्यसलाई कार्यन्वयन गर्न सरकार लागेकोले हाम्रो पार्टीले एमसीसी विरुद्ध चरणबद्ध आन्दोलन गरि रहेको छ शनिबार धादिङबेसीमा मार्चपास हुन्छ जिल्ला सेक्रेटरी प्रमोद सी ले धादिङपोष्टलाई बताए ।