धादिङका रेफ्रीलाई जिल्लामा सूचिकृत हुन आव्हान

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ५, २०८०

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले धादिङमा रहेका खेलकुद रेफ्रीहरुलाई सूचिकृत हुन एक महिनाको समय दिएको छ ।

सूचिकृत नहुने रेफ्रीहरुलाई जिल्लामा हुने कुनै पनि प्रतियोगिताहरुमा रफ्रीको भूमिकाबाट बञ्चित गरिने र प्रतियोगिताका लागि सिफारिस नगरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

सूचना जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतासिंह तामाङले आज जारी गरेका हुन् ।