धादिङ । धादिङमा रहेका ५३५ वटा सरकारी विद्यालयहरु आजबाट बन्द हुनेभएको छ भने शिक्षक महासंघको आदोलनमा सहभागी हुन धादिङबाट १५०० शिक्षक काठमाडौं पुगेका छन् ।
विद्यालय बन्दका चौतर्फी विरोध हुँदा हुँदै पनि अन्तिम विकल्पमा विद्यालय बन्द गरिएको उनीहरुले जनाएका छन् । धादिङका ५३५ विद्यालयमा ३६०० भन्दा बढी शिक्षक कर्मचारीहरु कार्यरत भएपनि आन्दोनलमा भने धादिङबाट २ हजारको हाराहारीमा सहभागी गराउने धादिङको आन्दोलन परिचालन समितिले जनाएको छ ।
शिक्षक महासंघले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नु पर्ने, भन्दै चरणबद्ध आन्दोलन गर्दै आई रहेको छ । यसै शिलशिलामा आजबाट देशभरका सरकारी विद्यालय बन्द गर्दै काठमाडौंको माईती घरमा पर्दशनमा उत्रन लागेका हुन् ।
शिक्षक महासंघको १८ बुँदा पढ्नुहोस्