एड्भान्सले जित्यो गहतेटार भलिबल प्रतियोगिता

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २, २०८०

धादिङ । तीज पर्वको अवसरमा जनकल्याण युवा क्लव सिद्धलेक १ ले गहतेटारमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगिता धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जितेको छ ।

आयोजक जनकल्याण युवा क्लवलाई पराजित गर्दै एड्भान्सले प्रतियोगिता आफ्नो पक्षमा परेको हो । प्रथम भए सँगै एड्भान्सले ९ हजार, उपविजेत आयोजक जनकल्याण युवा क्लवले ६ हजार र तृतिय हुने टिम मैदीले ४ हजार पाए ।

प्रथम भएको एड्भान्स टिमबाट प्रकास तामाङ, सुनिल थापा, सविन श्रेष्ठ, अंजन तामाङ, धनजित गुरुङ, अनिश कोईराला, हरि तामाङ, सागर घलेले खेलेका थिए ।