धादिङका शिक्षकहरु असोज ३ बाट स्कुल बन्द गर्न कस्सिए, समिति गठन

Avatar photo
Dhadingpost
सोमवार, अशोज १, २०८०

धादिङ । विद्यालय शिक्षा विधेयकको विरोधमा राजनीतिक दल आवद्ध धादिङका शिक्षक संघ संगठनहरुका नेताहरुले असोज तीन गतेबाट विद्यालय बन्द गर्न आन्दोलन परिचानल समिति गठन गरेका छन् । धादिङमा शिक्षक महासंघ गठन नभएकोले उनीहरुले आज धादिङबेसीमा संयुक्त बैठक बसेर आन्दोलन परिचालन समिति गठन गरेका हुन् ।

बैठकले परिचालन समितिको संयोजक नेपाली कांग्रेस नीकट शिक्षक संघ धादिङका सभापति देवि प्रसाद छत्कुलीलाई बनाएको छ भने सह संयोजकमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका ठान प्रसाद बसौला र माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङ र एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका परशुराम दुवाडीले जिम्मेवारी पाएका छन् ।

उक्त बैठकले ३५ सदस्यीय आन्दोलन परिचानल समिति गठन गरेको हो । ऐनमा सम्बोधन हुनु पर्ने मागमुद्धाहरु शिर्षकमा महासंघले जारी गरेको विभिन्न १८ बुँदामा ऐकबद्धता जनाउँदै आन्दोलन परिचालन समिति बनाईएको उनीहरुले जनाएका छन् ।

१८ बुँदे माग पुरा गर्न महासंघले असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गराउने जनाएको छ उक्त कार्यक्रम सफल पार्न धादिङमा आन्दोलन परिचालन गठन गरिएको शिक्षक संघका नेता शिवहरि अधिकारीले बताए । आन्दोलन नरोकिँदा सम्म यहि समिति सक्रिय हुने उनले बताए ।

१८ बुँदा पढ्नुहोस्